गोपाल किराँती र सन्ध्या तिवारीको दल दर्ता खारेज हुने!

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । सर्वोच्च अदालतले नेकपाको नाम विवादमा फैसला गरेपछि साविककै नेकपा एमाले र माओवादी केन्द्र ब्यँतिएका छन्।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भइ नेकपा बनेको थियो। निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चले बदर गरिदिएको हो।

एमाले र माओवादीको एकतापछि आयोगमा नेकपा दर्ता भएको थियो।

तत्कालिन माओवादी नेता गोपाल किँरातीले माओवादी केन्द्र र एमाले नेतृ सन्ध्या तिवारीले एमालेको नाम दर्ता गरेकी थिइन्।

सर्वोच्चको फैसलाले साविककै माओवादी केन्द्र र एमाले ब्युँतिएपछि अब सो दलहरु प्रचण्ड र केपी ओलीकै हुने संविधानविद्ले बताएका छन्।

संविधानविद् भीमार्जुन आचार्यले भने ‘अदालतको फैसला हेर्दा २०७६ भदौ र २०७७ साउनमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) नाम खाली थिएन भन्ने अर्थ लाग्छ’।


प्रतिक्रिया दिनुहोस्