विप्लवसँग रेखा थापाको भेट

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेपाली चलचित्र जगतकी लोकप्रिय नायिका रेखा थापाबीच भेटघाट भएको छ।

सरकारले विप्लव नेतृत्वको नेकपामाथी प्रतिबन्ध लगाएपछि रेखाले सरकारी कदमको विरोध गर्दै विप्लवको पक्षमा अभिव्यक्ति दिदै आएकी थिइन।

सार्वजनिक भएपछि रेखाले विप्लवलाई भेटेकी हुन। विप्लवलाई भेट्न नायिका थापा शनिवार साँझ विप्लव बसेको लाजिम्पाट स्थित घरमै पुगेकी थिइन्।

सरकारी प्रतिबन्धका कारण २ बर्ष बढी भूमिगत बनेका विप्लव शुक्रबार मात्रै सार्वजनिक भएका थिए।

सार्वजनिक भएपछिको पहिलो सम्बोधनमा विप्लवले युवाहरुको चाहना अनुसार आफूहरु नयाँ ढंगले अगाडी बढ्न खोजेको बताएका थिए।

यो पनि पढ्नुहोस

पूर्वजर्नेल देखि पूर्वसभामूख सँग विप्लवको भेट

 

 


प्रतिक्रिया दिनुहोस्