प्रचण्ड संसदीय दलको नेता चयन भएको सूचना संसद सचिवालयमा दर्ता

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आइतबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले संसदीय दलको नेता परिर्वतन भएको सूचना संघीय संसद सचिवालयमा दर्ता गराएको छ ।

शुक्रबार संसदको अधिवेशन शुरु हुनुपूर्व प्रचण्ड-माधव समूहले दलको नेतामा पुष्पकमल दाहाल (प्रचण्ड)लाई चयन गरिएको सूचना सविचालयमा दर्ता गराएको हो ।

१ सय १२ जना सांसदको हस्ताक्षरसहित दलको नेता निर्विरोध निर्वाचित गरिएको व्यहोराको पत्र दर्ता गराइएको नेता रामनारायण विडारीले जानकारी दिए ।

पत्रमा मुख्य सचेतकमा देव गुरुङ्गलाई यथावत राखिएको र उपनेता सुवास नेम्वाङ्गलाई पनि उपनेताबाट निलम्बन गरिएको जनाइएको छ ।

दलको नेता परिर्वतनको सूचना दर्ता गरेपछि संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै नेता विडारीले सबै १ सय १२ जना हस्ताक्षरकर्ता सांसदहरु समेतको उपस्थितिमा दलको नेता परिर्वतन भएको सुचना दर्ता गरिएको जानकारी दिए ।

त्यसअघि अध्यक्ष पुष्पकमल दाहाल, अर्का अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल सहितका नेताहरुले महासचिव डाक्टर भरत गौतमलाई भेटी दलको नेता परिर्वतन भएको जानकारी गराएका थिए ।


प्रतिक्रिया दिनुहोस्