टिकटिकमा भाइरल यो ठाउँबारे तपाईंलाई के थाहा छ ?

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


केही दिनयता भिडियो सेयरिङ साइट टिकटकमा धेरै मानिसले एउटा स्थानमा भिडियो बनाइरहेका छन् ।

टिकटक हेर्ने जो कोही युजरले पनि त्यसलाई ‘वाउ’ भन्दै हेरिरहेका हुन्छन् ।

विश्वका अद्भुत स्थानदेखि हिमाल, पहाहड, खोला खोल्ची, पुल पुलेसासहित जंगली जनावरसम्मको फोटो र भिडियोका लागि यो स्थान यतिबेला चर्चित रहेको छ ।

सबैले भिडियो राखेपछि तपाईंलाई लाग्न सक्छ यो ठाउँ कहाँ हो भन्ने बारे ।

त्यसका लागि धेरै टाँढा जानु पर्ने आवश्यकता छैन ।

काठमाडौं मलमा रहेको ‘आर्ट इन प्याराडाइज’ पुग्नु भए हुन्छ ।

काठमाडौं मलको पाँचौं तलामा रहेको यो आर्ट इन प्याराडाइजमा यस्ता सबैखालका विशेषता पाउन सकिन्छ ।

काठमाडौं मलमा थ्रीडी संग्रहालय ’आर्ट इन प्याराडाइज’ खुलेको छ। मलको पाँचौं तलामा रहेको आर्ट इन प्याराडाइज नेपालकै पहिलो थ्रीडी संग्रहालय भएको सञ्चालकहरू बताउँछन्। यहाँ कोरिएका चित्र झट्ट हेर्दा सामान्य लाग्नसक्छ । तर यहाँ फोटो, भिडिओ खिचाएर हेर्नुस्, थ्रीडी चित्रको भिन्नता आफैं पत्ता लाग्नेछ ।

यहाँ नौ थ्रीडी सेक्सनसँगै एउटा फोरडी र एउटा ३६० डिग्री भ्यू सेक्सन छ । सांस्कृतिक, संसारका सात आश्चर्य, फ्यान्टासी वर्ल्ड, अमेजन जोन, हिमाली भेग, जलीय तथा ध्रुवीय क्षेत्र, एक्वारियम वाकवे र समुद्रको गहिराइ अनुभूति थ्रीडीमा पाउन सकिन्छ ।

फोरडीमा हिमश्रृंखलाको अनुभव पाउन सकिन्छ। हिमालमै पुगेको अनुभव दिन यहाँको तापक्रम –४ डिग्रीसम्म पु¥याइन्छ । फिँजको मद्दतबाट ’हिउँ’ पनि पारिन्छ । यो सेक्सनमा हिमालको टुप्पोमा पुगेर झन्डा फहराउँदै फोटो र भिडिओ खिचाउन सकिन्छ ।

यहाँको थ्रीडी सेक्सनमा एकपटकमा ६० जनासम्म र फोरडी सेक्सनमा १५ जनासम्म अटाउने क्षमता छ ।

 


प्रतिक्रिया दिनुहोस्