गृहमन्त्रीले सशस्त्र प्रहरीको अस्पतालमा लगाए कोरोना खोप

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाएका छन् ।

गृहमन्त्री थापाले आइतबार बिहान कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका हुन् ।

मन्त्री थापाले काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पुगेर कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

संघीय संसदको प्रतिनिधि सभा बैठक अगाडि सभामुखसहित सबै सांसद र मन्त्रीहरुलाई खोप लगाउन शुरु गरिएको थियो ।

सभामुखसहित दलका शीर्ष नेताहरुले बुधबार नै नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस्