कांग्रेस नेता गिरीलाई पितृशोक

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीका पिता प्रजातन्त्र सेनानी लोकमणि गिरीको आज तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै केन्द्रीय सदस्य दिपक गिरीलगायत सबै शोक सन्तप्त परिवारजनमा पार्टी र अफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन।

विसं १९९४ मा जन्मनुभएका गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्