काठमाडौंको सुन्दरीजलमा खस्यो मेलम्चीको पानी

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बटम दबाएर मेलम्चीको पानीलाई काठमाडौंमा प्रवाह गराएका छन्।

आयोजना सुरु भएको झन्डै १७ वर्षपछि पश्चिम सिन्धुपाल्चोक मेलम्ची खोलाको पानी काठमाडौं आइपुगेको हो।

सुरुङ परीक्षणको क्रममा गएको १० गते सुरुङमा हालेको पानी काठमाण्डौको सुन्दरीजल आइपुगेको हो।

सुरुङको सुन्दरीजलको ढोका खोलेर प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानीलाई काठमाण्डौमा स्वागत गर्दै वाग्मती नदीमा बगाएका छन।

मेलम्ची खाने पानी आयोजनाको सुरुङ परीक्षणपछि त्यहाँ जम्मा भएको पानीलाई वाग्मतीमा बगाइएको हो।

यो सफल परीक्षणपछि अब तीन महिना नकटाइ काठमाण्डौ बासीलाई मेलम्चीको पानी उपलब्ध गराउने योजना सरकारको छ ।

अब दोस्रो चरणमा सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी पठाइने र त्यो पानी त्यहाँबाट उपत्यकाबासीको धारामा वितरण गर्ने काम हुनेछ । काठमाण्डौमा खानेपानी वितरणको जिम्मा लिएको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी वितरणको लागि सबै तयारी पूरा भएको जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्