प्रधानमन्त्री ओली र महासचिव चन्दबीच भेटवार्ता

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


तीनबुँदे सहमतिमा हस्ताक्षर सार्वजनिक हुनुपूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम ‘चन्द’बीच आज प्रधानमन्त्री निवास बाुलवाटारमा भेटवार्ता भएको छ।

राष्ट्रिय सभागृहमा समारोह हुनुपूर्व महासचिव विप्लव काठमाडौँ उपत्यका बाहिरबाट काठमाडौँ आइ बालुवाटार पुगेका थिए।

भेटका अवसरमा सरकार नेकपाका वार्ता टोलीका संयोजक र सदस्य पनि सहभागी थिए।

सरकार र नेकपाबीच आजै तीनबुँदे सहमतिमा हस्ताक्षर भएको हो।


प्रतिक्रिया दिनुहोस्