विप्लवलाई हेर्न राष्ट्रिय सभागृहमा भीड(फोटो फिचर)

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


शुक्रवार(आज) सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा हस्ताक्षर गरिएको हो ।

तीन वर्षपछि विप्लव सार्वजनिक कार्यक्रममा देखिने भएसँगै आज विहानै देखि भृकुटी मण्डप क्षेत्रमा मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री ओली पक्षको नेकपाका नेता कार्यकर्ताका साथै विप्लव पक्षका नेता कार्यकर्ताको बाक्लो उपस्थितिका कारण राष्ट्रिय सभागृहमा मानिसहरु अटाउन सकेनन् ।

 त्यसलाई मध्यनजर गर्दै गृहको बाहिर पनि ठूलो स्कृन राखेर सम्झौता हस्ताक्षरसहित कार्यक्रम हेर्न मिल्ने व्यवस्था गरिएको थियो ।

सभाकक्षमा प्रवेश गर्नु अघि विप्लवले बाहिर चौरमा बसेरका सर्वसाधारणलाई हत ठड्यााएर अभिनन्दन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्