सहिदको सपना मर्न दिन्नौ, बलिदानी दिन तयार : विप्लव

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सहिदको सपना कुनै हालतमा मर्न नदिने बताएका छन्।

शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा विप्लवले नेपाली जनताको स्वर्णीम व्ववस्थाको लागि आफूहरु जस्तोसुकै बलिदानी गर्न तयार रहेको बताए।

महासचिव विप्लवले आज काठमाडौं आउनुअघि नवलपरासीमा सहिद परिवारसँग भेटघाट गर्ने क्रममा सहिदकी आमाले भनेको कुरा उदृत गर्दै भने, ‘यहाँ धेरैका सपना पुरा भए। तर सहिदका सपना पुरा भएको छैन। जनताको सपना पुरा भएको छैन। त्यसैले सहमतिमा हस्ताक्षर गर्दा हामीलाई सम्झेर हस्ताक्षर गर्नुहोला।’

उनले सरकार र आफ्नो पार्टीबीच सहमतिमा सघाउने सबैलाई धन्यवाद दिए।

‘यो सहमति केवल सरकार र नेकपाको कुरा मात्रै होइन। यो सहमतिपछाडि एउटा महान् आकाङ्क्षा’ उनले थपे।

आजको सहमति सरकार र एउटा दलबीच भएको सहमति मात्रै होइन।

युवाहरुको चाहना अनुसार देशको समृद्धिका लागि गरिएको सहमति हो।

विप्लवले विश्वमा युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताए।

‘विश्वमा युद्धको अन्त्य कसैले गर्छ भने कम्युनिस्टले गर्न सक्छ। कम्युनिस्ट जुन दिन विजय हुनेछ, सम्पूर्ण सांसारमा हतियार र युद्धको अन्त्य हुन्छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस्