ओली र विप्लवको उपस्थितिमा सरकार र विप्लव पक्षबीच सहमतिपत्रमा हस्ताक्षर

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ।

शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाका तर्फबाट वार्ता टोली सदस्य एवं नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

यसअघि बिहीबार सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको थियो । त्यही तीन बुँदे सहमतिपत्रमा प्रधानमन्त्री ओली र विप्लवको उपस्थितिमा वार्ता टोलीका सदस्यहरूले औपचारिक रुपमा हस्ताक्षर गरेका हुन्।

सरकारसँग तीन बुँदे सहमति भएपछि विप्लव शुक्रबार बिहान नवलपरासीबाट सार्वजनिक भएर अपरान्ह काठमाडौं आइपुगेका थिए । बालुवाटार पुगेर उनी प्रधानमन्त्री ओलीसँग राष्ट्रियसभा गृह पुगेका थिए। कार्यक्रममा पुगेका प्रधानमन्त्री र विप्लवले एकैसाथ हात उचालेर उपस्थितहरुलाई अभिवादन गरेका थए।


प्रतिक्रिया दिनुहोस्