ओली र विप्लवले सहभागी तर्फ फर्किएर सँगै हात उठाए

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ राष्ट्रियसभागृह आइपुगेका छन् ।

बालुवाटारमा छलफलपछि एकै मञ्चबाट सम्बोधन गर्न उनीहरु सभागृह आएका हुन् ।

मञ्चमा सँगै प्रवेश गरेका प्रधानमन्त्री ओली र विप्लवले उपस्थितहरुपट्टि फर्किएर सँगै हात उठाए ।

सरकार र विप्लवबीच बिहीबार भएको सहमतिपत्रमा आज हस्ताक्षर हुँदैछ । कार्यक्रम शुरु भएसँगै विद्रोही समूहका तर्फबाट वार्तासमित सदस्य उदयबहादुर चलाउने ‘दिपक’ले सम्बोधन गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्