न्युजिल्याण्डमा शक्तिशाली भुकम्पपछि सुनामी आउने चेतावनी

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ७ : १६


काठमाडौं । न्युजिल्याण्डमा बिहीबार शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको छ। न्युजिल्याण्डमा बिहीबार ७.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्पसँगै सुनामी आउन सक्ने चेतावनी दिएको हो । समुन्दी आँधी आउन सक्ने भएकाले सुरक्षित ठाउँमा बस्न आह्वान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्