प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटघाट

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ८ : ४४


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओलीले बिहीबार साँझ शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका हुन।

प्रतिनिधिसभा पुनःस्थापनापछि आइतबार पहिलो पटक संसद बैठक बस्दै छ।

सो बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका हुन्।

भेटमा के कुरा भयो भन्नेबारे खुलाइएको छैन।


प्रतिक्रिया दिनुहोस्