न्युजिल्याण्डमा ठूलो भूकम्पको धक्का

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ८ : २८


अकल्याण्ड । न्युजिल्याण्डमा ठूलो भूकम्पको धक्का महसुस गरिएको छ।

न्युजिल्यान्डको उत्तरपूर्वी तटमा बिहिबार ७.३ रेक्टर स्केलको भूकम्प गएको युएस जियोलोजिकल सर्भे (युएसजीएस)ले जनाएको छ।

भूकम्प गएपछि धेरै ठाँउमा सुनामीको चेतावनी दिइएको छ। भूकम्पपछि आउनसक्ने सुनामीको असर न्युजिल्याण्ड देखि इन्डोनेशियासम्म पर्नसक्ने चेतावनी दिइएको छ।


प्रतिक्रिया दिनुहोस्