कञ्चनपुरमा प्रहरी र तस्करबीच भिडन्त, एक मारिए

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ८ : १८


काठमाडौं । कञ्चनपुरको बेलौरी क्षेत्रमा गोली चलेको छ।

प्रहरी र तस्करबिचको दोहोरो भिडन्त भएको बताइएको छ।

सो क्रममा प्रहरीको गोली लाग्दा एक भारतीय नागरिक मारिएका छन्।

मृत्यु हुने भारतीय नागरिक रहेको हुनसक्ने र अहिले पहिचान खुलिनसकेको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।

बेलौरी नगरपालिका(७ को सिमावर्ती क्षेत्रमा बिहीबार साँझ साढे ६ बजे दोहोरो मुठभेड हुँदा प्रहरीले गोली चलाएको उनले बताए।

घाइते भएका ती व्यक्तिलाई प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारार्थ ल्याउने क्रममा मृत्यु भएको चतुर्वेदीले बताए।

अन्य केही लागुऔषध कारोबारी भने भारतर्फ भागेको उनले बताए।


प्रतिक्रिया दिनुहोस्