जंगली युग सकियो, अब मुलुक पूर्ण रुपमा लगानीमैत्री हुनेछ : प्रवक्ता गुरुङ

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ६ : ५२


काठमाडौं । काठमाडौं, सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुुरुङले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) लाई शान्तिपूर्ण राजनीतिमा ल्याएर सरकारले ठूलो राजनीतिक सफलता प्राप्त गरेको बताएका छन्।

बिहिवार नेपाल दूरसञ्चार प्राधिकरणको २३ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, “अब मुलुक पूर्ण रुपमा लगानीमैत्री हुनेछ, समृद्ध नेपाल सुुःखी नेपालीको राष्ट्रिय संकल्पले सार्थकता पाउनेछ।”

हिंसात्मक गतिविधिमा संलग्न सो समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने सहमति गरेसँगै नेपाललाई शान्तिपूर्ण र समृद्ध देश बनाउने अभियानले तीव्रता पाउने विश्वास उनले व्यक्त हरे।

“हिंसा छोडेर विप्लव समूूह शान्तिपूर्ण राजनीतिमा आएसँगै मुलुकलाई समृद्ध बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्प पूरा हुने काममा तीव्रता आउनेछ” उनले भने। शान्तिपूर्ण राजनीतिमा ल्याएसँगै बन्दुक बोकेर राजनीतिक गर्ने जंगली युुगको अन्त्य भएको घोषणा पनि मन्त्री गुरुङले गरे।


प्रतिक्रिया दिनुहोस्