दुई दिनमा २ सय २५ जना सांसदले लगाए कोरोना खोप

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ५ : २६


काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप बुधबार र बिहीबार गरी दुई दिनमा २ सय २५ जना सांसदले लगाएका छन् ।

बुधबार १६५ जना र बिहीबार ६० जना सांसदको कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

बुधबार अन्य कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मीलगायत ३ सय १७ र ४ सय ३० जनाले लगाएका छन् । सांसद र कर्मचारी गरि हालसम्म ९ सय ७२ जनाले खोप लगाएका छन् ।

बुधबारदेखि नै प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरुलाई खोप दिन शुरु गरिएको छ । सरकारले यही २३ गते आह्वान गरेको संसद् बैठकलाई लक्षित गर्दै सबै सांसद्हरुले खोप लगाएका हुन् ।

 


प्रतिक्रिया दिनुहोस्