भोलिदेखि हवाई भाडा बढ्ने

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ५ : १८


काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बृद्धि गरेसँगै हवाई भाडा पनि बढेको छ ।

निगमले प्रति लिटर पाँच रुपैयाँले हवाई इन्धनको मूल्य बढाएको थियो ।

वायुसेवा सञ्‍चालक संघ नेपालले फागुन २१ देखि लागु हुने गरी हवाई भाडा बढाएको हो ।

इन्धन शुल्क बढाउने निर्णयलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत दिइसकेको पनि संघले जनाएको छ ।

हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँ बढ्दा विमानको इन्धन शुल्क न्यूनतम २० रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्म बढेको संघले जनाएको छ ।

संघको यो निर्णयसँगै काठमाडौं धनगढी उडानको इन्धन शूल्क सबैभन्दा बढी २२० रुपैयाँ बढेको छ । यस्तै डोटी साँफेबगरको हवाई इन्धन शुल्क २० रुपैयाँले बढेको संघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्