ट्रम्पका समर्थक सडकमा उत्रिने भएपछि वासिङ्टन डिसीकाे सुरक्षा व्यवस्था कडा

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले प्रदर्शन गर्ने भएपछि संसद भवन क्षेत्रमा सम्भावित हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मिलिसिया ग्रुपले बिहीबार राजधानीमा प्रदर्शनको योजना बनाएको र त्यो हिंसात्मक पनि हुन सक्ने गुप्तचर सूचनाका आधारमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

संसद भवनमा पुनः हिंसात्मक गतिविधि हुन सक्ने अमेरिकी प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।सम्भावित कुनै पनि प्रकारको सुरक्षा चुनौतीका लागि आफूहरू तयार रहेको सुरक्षा निकायले बताएको छ ।

सुरक्षा चुनौतीका कारण तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभको बिहीबारको सत्र स्थगित गरिएको छ । तर, माथिल्लो सदन सिनेटको कारबाही भने जारी रहने छ ।


प्रतिक्रिया दिनुहोस्