कोरोनाको खोप लगाएपछि बिरामी परे डा बाबुराम भट्टराई

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ५ : ०४


काठमाडौं । कोरोनाविरुद्धको खोप लगाएपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईको स्वास्थ्यमा समस्या देखिएको छ । उनलाई ज्वरो आएको छ ।

१०४ डिग्रीसम्म ज्वरो आएपछि उनी स्वास्थ्य जाँचका लागि बिहीबार(आज) त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।

विभिन्न जाँचपछि चिकित्सकको प्रत्यक्ष निगरानीमा रहने गरी डा भट्टराई बिहीबार नै घर फर्किएका छन् ।

हालै भारतको नयाँ दिल्ली पुगेर स्वास्थ्य जाँच गरेर फर्किएका उनलाई सामान्य ज्वरो आइरहेको थियो ।

सोही अवस्थामा बुधबार कोरोनाविरुद्धको खोप लगाएपछि ज्वरो बढेको उनका प्रेस संयोजक विश्वदीप पाण्डेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्