निर्वाचन आयोग गए प्रचण्ड माधव समूहका नेताहरु

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ४ : ५९


काठमाडौं । नेकपाको प्रचण्ड माधव समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

बुधबारमात्रै यो समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दिन ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको भूमिकाप्रति आपत्ति जनाएको थियो ।

आयोगसमक्ष पार्टीले पुनः ध्यानाकर्षण र ताकेता गर्ने निर्णय पनि बैठकले गरेको थियो । त्यसैअनुसार प्रचण्ड माधव पक्षाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डेलगायत नेता आयोग पुगेका हुन् ।

हिजो पार्टीले गरेको निर्णय लिखित रुपमा बुझाउनका लागि भन्दै उनीहहरु आयोग पुगेका थिए ।

यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सासद महेश वस्नेतसमेत आयोग पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस्