ओली विकास र समृद्धिको नायक : मन्त्री रायमाझी

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ४ : ४६


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली विकास र समृद्धिको नायक भएको दाबी गरेका छन् ।

सुनकोशी(मरिन बहुउद्देश्यीय आयोजना शिलान्यास समारोहलाई बिहीवार सिन्धुलीमा सम्बोधन गर्दै रायमाझीले यस्तो दाबी गरेका हुन् ।

‘कतिपयले तपाईंहरूले केपी शर्मा ओलीलाई किन समर्थन गर्नुभयो भनेर भन्नुहुन्छ,’ ओलीलाई समर्थन गर्नको कारण खुलाउँदै रायमाझीले भने, ‘उहाँ विकास र समृद्धिको नायक हो । ज्यादै प्रतिकूल अवस्थामा, छोटो अवधिमा समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानका साथ अगाडि बढिहरनुभएको छ ।’

पूर्व माओवादी खेमाका नेता रायमाझी प्रतिनिधि सभा विघटनपछि ओली पक्षमा लागेका थिए । यद्यपि अहिले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्स्थापना गरिसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस्