थप १०७ जनामा कोरोना पुष्टि

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ३ : ५७


काठमाडौं । नेपालमा थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ५५३६ नमूना परीक्षण गर्दा १०७ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ४८८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ७८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ६८३ पुगेको छ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ ।

 


प्रतिक्रिया दिनुहोस्