पाकिस्तान सुपर लिग स्थगित

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडौं । पाकिस्तान सुपर लिग पिएसएल टी–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता स्थगित भएको छ। लिगमा सहभागी खेलाडीहरुमा कोरोना संक्रमण बढेपछि प्रतियोगिता बीचमै स्थगित भएको हो ।

बिहीबार पिएसएलका सहभागी थप तीन जना खेलाडीलाई कोरोना देखिएसँगै अहिलेसम्म सहभागी ६ खेलाडी कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमण दर बढ्दै गएपछि बिहीबार विहान बसेको पकिस्तान क्रिकेट बोर्डको आकस्मिक बैठकले लिग स्थगित गर्ने निर्णय गरेको हो।

बैठकले अर्को निर्णय नगरेसम्म लिग सुचारु नहुने पनि बोर्डले जनाएको छ । लिग पाँचौ चरणको खेल जारी हुँदा स्थगित भएको हो ।

पिएसएलमा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने पनि सहभागी हुन गत शनिबार कराँची गएका थिए। लाहोर टिममा आबद्ध उनी १० दिनको क्वारेन्टिनमा रहेकाले खेल भने खेलेका छैनन्।


प्रतिक्रिया दिनुहोस्