राप्रपा रसुवा अध्यक्ष तामाङसहित दर्जनौँ का‌ग्रेसमा प्रवेश, देउवाद्वारा स्वागत

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ३ : १८


काठमाडौं । राप्रपा रसुवाका अध्यक्ष डिले तामाङसहित दर्जनौँ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

रसुवाबाट प्रतिनिधि सभा सदस्य मोहन आचार्यको सक्रियतामा प्रवेश गरेकालाई काठमाडौँमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका छन् ।

राप्रपा रसुवाका अध्यक्ष डिले तामाङ, उपाध्यक्ष हयुर्मे तामाङ, राप्रपा महिला केन्द्रीय सदस्य छिरिङ जाङ्मु लामा, नेकपा रसुवा जिल्ला कार्यसमिति सदस्यद्धय सोनाम छिरिङ तामाङ र लासेन तामाङ, नेकपा रसुवा काठमाडौँ सम्पर्क मञ्‍चका अध्यक्ष घ्याल्साङ तामाङलगायत कांग्रेसमा प्रवेश गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्