सरकार र विप्लवबीच सहमति भएको दिन नेप्सेमा हरियाली, ९० अंकको वृद्धि

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ३ : १३


काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्रोही दल नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदै सहमतिमा हस्ताक्षर भएको दिन आज सेयर बजारमा हरियाली छाएको छ।

दुवै पक्षको सहमतिलाइ निजी क्षेत्रले स्वागत गर्दा त्यसको सकरात्मक असर सेयर बजारमा समेत देखिएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज अघिल्लो दिनभन्दा ९०.२७ अङ्क अर्थात् ३.७४ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २५०६.२८ अङ्कमा बजार बन्द भयो।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २५०७.०८७५ र कममा २४२२.४९७५ पुगेको थियो।

यस्तै, ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि १४.६७ अंकको वृद्धि भई ४५१.४६ अंकमा पुगेको छ।

आज नेप्सेका सबै उपसूचकहरुमा हरियाली छ। बैंकिङ ५२, ब्यापार २५६, होटल तथा पर्यटन ६४, विकास बैंक ६१, जलविद्युत ९१, फाइनान्स ३१, निर्जीवन बीमा ३२४, उत्पादन १९०, अन्य १०३, माइक्रोफाइनान्स २०९ र जीवन बीमा समूह ५७१ अंकले बढे।

यसदिन चन्द्रागिरी हिल्स लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सहित ६ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए।

आज १६६२२७६३ कित्ता सेयर ६ अर्ब ५ करोड रुपैयाँमा कारोबार भएर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २०६ कम्पनीको सेयर किनबेच भएको हो। आज नेपाल पूर्वाधार बैंक (निफ्रा)को सेयर सर्वाधिक किनबेच भएको छ।

आज निफ्राको सेयर ५३ करोड रुपैयाँमा बराबरको कारोबार भएको छ। पोजेटिभ सर्किट लागेसँगै सो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५५२ रुपैयाँ पुग्यो।

त्यस्तै, आज धेरै कारोबार हुनेमा शिखर इन्स्योरेन्सको २४ करोड, नबिल, नेपाल टेलिकम पनि कारोबारका आधारमा अगाडि रहे।

यी हुन आज सबैभन्दा धेरै सेयरमूल्य बढेका १० कम्पनी


प्रतिक्रिया दिनुहोस्