आज निर्वाचन आयोग जाने कार्यक्रम छैन– प्रचण्ड माधव पक्ष

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  २ : ४१


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूह पार्टी आधिकारिकता दाबी गर्नका लागि निर्वाचन आयोग नजाने भएको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित नेता आज आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने समाचारहरु बाहिरिएको थियो ।

आज निर्वाचन आयोगमा जाने कुनै कार्यक्रम नरहेको केन्द्रीय सदस्य बिष्णु रिजालले बताए । ‘नेपाल कम्युनिस्ट पार्टी नेकपाको आज निर्वाचन आयोगमा जाने कुनै कार्यक्रम नरहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ’ उनले लेखेका छन्।

बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले आधिकारिकताका विषयमा निर्वाचन आयोग गम्भीर नबनेको भन्दै आलोचना गरेको थियो भने  केन्द्रीय सदस्यको नागरिकतासहित हस्ताक्षर संकलन गरिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्