गीत गाउँदै कोमल वलीले सोधिन्,‘डु यु लभ केपी ओली ?

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  २ : ३१


राष्ट्रियसभाकी सदस्य कोमल वलीले केपी ओलीलाई प्रेम गर्नु भनेको राष्ट्र र विकासलाई प्रेम गर्नु रहेको बताएकी छिन् ।

बिहीबार सुनकोशी मरिण डाइभर्सन आयोजनाको शिलान्यास कार्यक्रममा वलीले राष्ट्रप्रेमी र विकास प्रेमीलाई प्रेम गर्नुपर्ने बताएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिण डाइभर्सन आयोजनाको शिलान्यास गरेका छन् ।

कार्यक्रममा सांगीतिक प्रस्तुती दिएकी वली भनिन् ‘डु यु लभ केपी ओली ? केपी ओलीलाई प्रेम गर्नु भनेको राष्ट्रप्रेमी र विकासप्रेमी हुनु हो ।

कार्यक्रममा उनले ‘फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई’ भन्ने गीत गाएकी थिइन् ।

केही दिन अघि नेकपाको प्रचण्ड माधव समूहका नेता रघुजी पन्तले पिँडुल्ला देखाएको भरमा प्रधानन्त्री ओलीले गायिका वलीलाई राष्ट्रियसभा सदस्य बनाएको भन्दै टिप्पणी गरेसँगै वली चर्चामा छिन् ।


प्रतिक्रिया दिनुहोस्