जिडिपी मापनको आधार वर्ष फेरियो, वृद्धिदर ऋणात्मक

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  १ : ११


नेपालको अर्थतन्त्र मापनको आधार वर्ष परिवर्तन भएको छ। केन्द्रीय तथ्यांक विभागले कूल ग्राहस्थ उत्पादन जिडिपीको वार्षिक मापनको आधार वर्ष परिवर्तन गर्ने घोषणा गरेको हो ।

बीस वर्ष पुरानो मूल्य आधारबाट अहिलेको वास्तविक अर्थतन्त्रको मापन कठिन भएको भन्दै विभागले आधार वर्ष परिवर्तन गरेको हो ।

अर्थतन्त्रमा भएका परिवर्तनलाई बढी यथार्थपरक बनाउन केन्द्रीय तथ्यांक विभागले आधार वर्ष परिवर्तन गर्ने गर्छ ।

१० बर्षमा नेपालमा १४ प्रतिशतले कूल गार्हस्थ्य उत्पादन बढेको छ । हाल नेपालको कूल गार्हस्थ उत्पादन ३९ खर्ब ४३ अर्ब पुगेको छ । गत वर्षको तुलनामा ५ प्रतिशतले बढेको हाे । आधार वर्ष परिवर्तन गर्दा प्रति व्याक्ति आय ११३४ डलर पुगेको छ ।

गत आर्थिक वृद्धि २.२७ हुने भनिएको भएपनि आधार बर्ष परिवर्तन गर्दा १.९९ नकारात्मक वृद्धि भएको छ । त्यस्तै चालू आर्थिक बर्षको पहिलो त्रमासिकमा ४.६ प्रतिशतले ऋणात्मक हुने अनुमान गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस्