खल्तीमा राखेको मोबाइल पड्किएपछि एप्पल विरुद्ध मुद्दा

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  १२ : ५८


काठमाडौं । खल्तीमा राखिएको आईफोन पड्किएपछि अष्ट्रेलियाका एक नागरिकले एप्पल विरुद्ध मुद्दा हालेका छन् ।

सन् २०१९ मा आफ्नो खल्तीमा भएको आईफोन एक्स पड्किदा अस्पतालमा भर्ना भएको र यो विषयमा एप्पलले कुनै प्रतिक्रिया नदिएको भन्दै अहिले आएर मुद्दा हालेका हुन् ।

रोबर्ट डी रोज नाम गरेका ती व्यक्ति मेलबोर्नका एक वैज्ञानिक हुन् । उनले दायर गरेको मुद्दामा भनिएको छ, ‘म अफिसमा काम गरिरहेको बेला एक्कासी केही पड्किएको जस्तो आवाज आयो र मेरो दाहिने खुट्टामा दुखाई महसुस भयो, जहाँ मैले आईफोन राखेको थिएँ । मैले त्यहाँ हेर्दा मेरो लुगाको सानो भाग खरानी भएको थियो भने छाला पनि निस्केको थियो ।’

जसले गर्दा उनी अस्पताल नै भर्ना भएका थिए । यो विषयमा रोबर्टले सुरुमा सिधै एप्पललाई रिपोर्ट गरेका थिए । लामो समयसम्म पनि कम्पनीबाट कुनै प्रतिक्रिया आएन । उनले के कारणले उक्त आईफोन एक्स पड्किएको थियो भनी कम्पनीसँग सोधेका थिए ।

त्यसको पनि कुनै जानकारी कम्पनीले दिएन । यसरी कम्पनीबाट कनै प्रतिक्रिया नआएसँगै अहिले उनले अदालतमा मुद्दा दायर गरेका हुन् ।

अर्का एप्पल प्रयोगकर्ताले पनि एप्पलविरुद्ध मुद्दा दायर गरेका छन् । आफ्नो नाडीमा लगाएको एप्पल वाच धेरै तात्तिएर पड्किएको भन्दै उनले मुद्दा दायर गरेका हुन् । योसँगै एप्पलविरुद्ध अष्ट्रेलियमा एकैपटक दुई वटा मुद्दा दायर भएको सेभेन न्युजले उल्लेख गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस्