चीनको अर्थतन्त्र सन् २०३५ सम्म दोब्बर गुणाले बढ्ने

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  १० : ४७


काठमाडौं । चीनको अर्थतन्त्र आगामी १५ वर्षसम्म दोब्बरले बढ्ने आँकलन गरिएको छ । सन् २०३५ सम्म दोब्बर गुणा बढ्ने अमेरिकाको ग्लोबल रिसर्च एशिया अर्थतन्त्रका प्रमुख हेलेन किआओले बताएका छन् ।

बैंक अफ अमेरिका ग्लोबल रिसर्चका एसिया अर्थशास्त्र प्रमुख हेलेन किआओका अनुसार कोरोना भाइरसको संक्रमण कम भएपछि चीनको अर्थतन्त्र विश्वमा अरु मुलुकको भन्दा द्रुत गतिमा बृद्धि भइरहेको र जीडीपीमा पनि दोब्बर हुने सक्नेछ ।

चीनले गरेको सुधारको उपायहरुले आर्थिक बृद्धिदरमा सहयोग पुगिरहेको छ । चीनले आगामी १५ वर्षमा आर्थिक बृद्धि दोब्बर बनाउन वार्षिक औषत बृद्धि ४.७ प्रतिशत आवश्यक हुने औल्याएका छन् ।

अर्थशास्त्रीहरुका अनुसार चीनले सन् २०२७ देखि २०२८ सम्ममा कुल गाह्रस्थ उत्पादनलाई दोब्बर बनाउन सक्ने र विश्वको ठूलो अर्थतन्त्रको रुपमा रहेको अमेरिकालाई समेत पछि पार्न सक्ने आँकलन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्