अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेः अनिवार्य मास्क लगाउने नियम हटाउनु गलत

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ८ : ४२


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अनिवार्य रुपमा मास्क लगाउने नियम हटाउने टेक्सास र मिसिसिपीको निर्णयको आलोचना गरेका छन् ।

उनले मास्क लगाउने निर्णय हटाउनु गलत भएको बताएका छन् । टेक्सास र मिसिसिपीको निर्णयबारे बाइडेनले भने, ‘मलाई लाग्छ यो गम्भीर गलत हुँदैछ ।’

मास्क नियम हटाउने निर्णयलाई उनले ‘निएन्डर्थल थिङ्किङ्ग’ भनेका छन् । मास्क,सामाजिक दूरीसहितका प्रतिबन्धात्मक नियमहरु कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अझै अत्यावश्यक रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्