युडिनेससँग एसी मिलान बराबरीमा रोकियो

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ७ : ४०


काठमाडौं । इटालियन सिरी ए फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा उपाधि होडमा रहेको एसी मिलान बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा भएको खेलमा एसी मिलान युडिनेससँग १–१ को बराबरीमा रोकिएको हो ।

युडिनेशका लागि नास्किमिएन्तो फ्रान्काले गोल गरेर सुरुवाति अग्रता दिलाए ।

त्यस लगतै एसी मिलानका लागि इन्जुरी समयको केसिएले बराबरी गोल गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्