बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ७ : २९


काठमाडाैं । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा दोस्रो डिभिजनको क्लब रायो भालेकानोलाई २-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो।

भालेकानोको मैदानमा बार्सिलोनाले पुनरागमन जित निकालेको हो। बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र फ्रान्क डि जोङले एक एक गोल गरे। घरेलु टोलीका फ्रान्सिस्को गार्सियाले एक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा गार्सियाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

तर, ६९ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ८० औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए।


प्रतिक्रिया दिनुहोस्