उत्तरपुस्तिका सहित सिसिक्यामेराको फुटेज पठाउन त्रिविको निर्देशन

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ९ : १४


काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत २० गतेभित्रमा सिसिक्यामेराको फुटेजसहित उत्तरपुस्तिका शिलबन्दी गरेर पठाउन परीक्षा केन्द्रलाई निर्देशन दिएको छ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आज सूचना जारी गरेर वार्षिक परीक्षाको सिसिक्यामेराको दृश्यसहित उत्तरपुस्तिका त्रिविमा पठाउन निर्देशन दिएका हुन।

‘परीक्षा र उत्तरपुस्तिकामा धाँधली नहोस् भनेर यस्तो निर्णय गरेका हौँ,’उनले भने,‘उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सबै दृश्य आउनेगरी डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सिसिक्यामेरा जडान गरी सबै फुटेज चैत २० गतेभित्र बुझाउन केन्द्रलाई पत्रमार्फत जानकारी गराएका छौँ।’

 


प्रतिक्रिया दिनुहोस्