सरकार र विप्लव समूहको वार्ता टोलीलाई बाबुरामको सुझाव

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ८ : ५७


काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार र विप्लव नेतृत्वको नेकपाबीच भइरहको वार्ता सकारात्मक भएको बताएका छन्।

सामाजिक सञ्जालमा वार्ताबारे आफ्नो धारणा राख्दै डा। भट्टराईले वार्तालाई तत्कालीन राजनीतिक लभांशनिम्ति नभई दीर्घकालीन शान्ति र संरचनात्मक परिवर्तनका निम्ति प्रयोग गरे मजबुत हुने उल्लेख गरेका छन्।

उनले भनेका छन्, “विप्लव समूहसंग वार्ताको प्रयत्न ठीक छ।दुवै पक्षले तत्कालीन राजनीतिक लाभांशनिम्ति हैन दीर्घकालीन शान्ति र संरचनात्मक परिवर्तननिम्ति यसलाई प्रयोगगरे गजबहुनेछ।संगसंगै तत्कालीन जनयुद्ध र राज्यको नेतृत्वगर्ने शक्तिहरूसंग समझदारी गरेर टिआरसीरवेपत्ता आयोगको काम टुंग्याए सुनमा सुगन्ध हुनेछ।”


प्रतिक्रिया दिनुहोस्