दुर्गा प्रसाईंसँगै उभिएर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति १० पूर्वउपकुलपतिको आपत्ति

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ६ : ५४


काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले मंगलबार झापामा विवादित व्यापारी दुर्गा प्रसाईंको अस्पताल उद्घाटन कार्यक्रममा दिएको अभिव्यक्ति प्रति १० जना पूर्वउपकुलपतिले आपत्ति जनाएका छन्।

ओलीले आफ्नो भाषणमा झापाको प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा कार्यक्रमको सम्बन्धन दिने आश्वासन दिएका थिए।

‘अहिलेको ऐन र कानुनको मर्यादाभित्र रही अथवा त्यसमा आवश्यक सुधार गरी चिकित्साशिक्षको विस्तार गर्नुको साटो राज्यद्वारा अराजकताको व्यवहार हुनु भनेको अति नै ठूलो बिडम्बना हो’, १० जना पूर्वउपकुलपतिहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रताका लागि समर्पित हुनुपर्ने प्राज्ञहरूले पनि कतैबाट आएको दबाबका कारण वा स्वेच्छाले प्राज्ञिक मर्यादाविपरीत कुनै निर्णय गर्नु ठूलो दुर्भाग्यको कुरा हो ।’


प्रतिक्रिया दिनुहोस्