प्रचण्ड सहित १६५ सांसदले लगाए कोरोना खोप

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ६ : २३


काठमाडौं । नेकपाका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख अग्नी सापकोटा सहित संघीय संसदका १६५ सांसदहरुले पहिलो दिन कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

फागुन २३ गतेदेखि प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु हुने भएकाले सिभिल अस्पतालमा सांसदहरुले खोप लगाएका हुन्।

काँग्रेस सभापति शेरबहादुर देउवाले पनि कोरोनाको खोप लगाएका छन्।


प्रतिक्रिया दिनुहोस्