दही किन्न गएकी ११ वर्षीया बालिका १३ वर्षीय बालकद्वारा बलात्कृत

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ४ : ३०


दाङ । दाङमा ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

मंगलबार साँझ दही किनेर फर्कदै गरेकी बालिकालाई ट्वाङखोला भन्ने ठाउँमा १३ वर्षीय बालकले बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले १२ र १३ वर्षीय दुई बालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार ट्वाङखोला जंगलमा तरकारी खोज्न गएका दुई बालकले बालिका देखेपछि आक्रमण गरेका थिए ।

ईलाका प्रहरी कार्यालय खिलतपुरका इन्स्पेक्टर मोहन विक्रम केसी नेतृत्वको टिमले दुवै बालकलाई पक्राउ गरेको हो ।

बालिकासँगै गएका उनका भाइलाई एकजनाले हप्काउँदै घटनास्थलबाट लखेटेको र १३ वर्षीय बालकले चाहिँ बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दका अनुसार मुख थुनेर बालिका बलात्कार गरेपछि आरोपीले ‘कसैलाई भनेमा राम्रो नहुने’ धम्की दिएका थिए ।

दही खान दिन्छु र पैसा पनि दिन्छु भनेर बालिका त्यहाँबाट भागेको प्रहरीले जनाएको छ ।

बालिकालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्