सरकार-विप्लव वार्ताको चर्चा : कसले के भने?

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्रोही दल नेपाल कम्युनिष्ट पार्टीबीच बुधबारबाट औपचारिक वार्ता सुरु भएको छ।

यसअघि एकअर्का विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका दुवै पक्ष वार्ताबाट समस्या समाधान गर्न सहमत भएका हुन।

आजको वार्तामा के कुरा भयो भन्नेबारे खुलाइएको छैन। दोस्रो चरणको वार्ता चाँडै बस्ने अपेक्षा गरिएको छ।

दुवै पक्षले वार्ता सुरु गरेपछि यसलाई सबैले सकारात्मक भनेका छन्। मूलधारमा रहेका राजनीतिक दलदेखि कलाकार, पत्रकार लगायत सबैले दुवै पक्षको वार्ताको स्वागत गरेका हुन।

चाँडै वार्ताबाट निकास निस्कने अपेक्षा उनीहरूले गरेका छन्।

विश्लेषक तथा पत्रकार अनिल गिरीले विप्लवका एजेण्डा सरकारले सम्बोधन गरे मुलुकमा कहिल्यै हिंसा नहुने टिप्पणी गरेका छन्।

विप्लव नेकपामाथि प्रतिबन्ध लगाएदेखिनै सरकारको आलोचना गर्दै आएकी नायिका रेखा थापाले सामाजिक सञ्जाल मार्फत वार्ताको स्वागत गरेकी छन्।

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव संग वार्ता गर्न सरकारको तर्फबाट वार्ता टोली गठन गरिनु सकारात्मक छ ।

Posted by Rekha Thapa on Tuesday, March 2, 2021

नेपाली सेनाका पूर्व जर्नेल डा.प्रेमसिंह बस्न्यातले विप्लवलाई खुला राजनीतिमा आउन आह्वान गरेका छन्।


साहित्यकार बलराम तिमिल्सिनाले सरकार र विप्लव पक्षको वार्ताबाट समस्या समाधान हुने अपेक्षा नरहेपनि यसलाई विप्लव पक्षले उपयोग गर्नुपर्ने अवसरका रुपमा लिनुपर्ने बताएका छन्।

विप्लव नेतृत्वको नेकपाले यसअघि नेता कार्यकर्ताको रिहाई, पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा तथा झुठा मुद्धा फिर्ता भएपछि मात्रै वार्तामा बस्ने जनाएको थियो। तर, सरकारले सो कुराको सुनुवाइ वार्ताकै दौरान गर्ने बताएपछि विद्रोही पक्ष वार्तामा बस्न तयार भएको हो।

 


प्रतिक्रिया दिनुहोस्