प्रधानमन्त्रीको जिम्मेवारीबाट भाग्नेवाला छैन: देउवा

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


चितवन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई प्रधानमन्त्री हुने अवसर आए जिम्मेवारी लिने बताएका छन् ।

चितवनमा आयोजित कार्यक्रममा देउवाले आफूहरुलाई पदको लोभ नभएको भन्दै जिम्मेवारी आए नभाग्ने बताए ।

‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन,’ देउवाले भने, ‘काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन।’

आफूले प्रधानमन्त्री पद नमागेको पनि उनले बताए । उनले प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने बताए  ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले कुरा उठाएको भन्दै जवाफमा उनले शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त नगर्न पनि आग्रह गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्