शान्ता चौधरीको प्रतिक्रिया– पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्दैन

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ३ : ०१


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड माधव पक्षको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री ओली पक्षमा लागेका मध्ये ७ जनालाई पार्टीबाट कारवाही गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले ओली पक्षमा रहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र केन्द्रीय कमिटी सदस्यहरु, कणर्बहादुर थापा, प्रभु साह, विशाल भट्टराई, महेस बस्नेत, शान्ता चौधरी र सूर्य थापालाई कारबाही गर्ने निणर्य गरेको हो ।

यसैबीच प्रचण्ड माधव पक्षले कारवाही गरेको समाचार बाहिरिएसँगै संसदीय दलको सचेत र केन्द्रीय कमिटी सदस्यसमेत रहेकी शान्ता चौधरीले पाहुना लाग्न आएकाले आफूहरुलाई कारवाही गर्ने हैसियत नराख्ने प्रतिक्रिया जनाएकी छिन् ।

सांसद चौधरीले भनेकी छिन्, हामी हाम्रो घारमा शानदार रुपमा बस्छौं , घरलाई सुन्दर बनाउँछौं । पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैनन ।

हामी हाम्रो घारमा शानदार रुपमा बस्छौं , घरलाई सुन्दर बनाउँछौं । पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैनन ।

Posted by Shanta Chaudhary on Wednesday, March 3, 2021


प्रतिक्रिया दिनुहोस्