प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवकले खोले नयाँ पार्टी

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । गत वर्ष नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सार्वजनिक कार्यक्रममा जुत्ता प्रहार गरेर चर्चामा आएका रतन तिरुवाले नेपाल श्रमिक पार्टी खोलेका छन्।

अघिल्लो वर्ष आजैका दिन जुत्ता प्रहार गरेका तिरुवाले त्यहि मिति जुराएर नयाँ पार्टी दर्ता गरेका हुन्।

आज पार्टी दर्ताको जानकारी गराउँदै वितरित प्रेस विज्ञप्तिमा मुलुकको आर्थिक,सामाजिक र राजनीतिक संकट समाधानको लागि श्रमिक पार्टीको स्थापना भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ ‘नेपाली श्रमजीवी वर्गका जनताको हक,हित र अधिकार सुनिश्चित गर्न नयाँ पार्टी दर्ता गरिएको हो।’

 

 


प्रतिक्रिया दिनुहोस्