अजय देवगनलाई किसान आन्दोलनबारे प्रश्न गर्दा समातिए युवक

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  २ : २५


नयाँ दिल्ली । भारतमा चर्किएको किसान आन्दोलनअ अझै सेलाएको छैन।

सरकारी नीतिको विरोधमा देशका विभिन्न स्थानबाट किसानहरु आन्दोलन गर्न भन्दै राजधानी दिल्लीसम्मै पुगेका थिए।

सरकारले अझै पनि उनीहरुको माग सुनुवाई गरेको छैन। भारतीय सञ्चार माध्यम देखि सेलिबे्रटीहरु समेतले किसानहरुको पक्षमा केहि बोलिदिएनन्। कलाकारहरुमाथि सत्तासँग बोल्न डराएको आरोप लाग्दै आएको छ।

यसैबीच, बलिउड अभिनेता अजय देवगनलाई ‘किसानको विषयमा किन नबोलेको’ भन्दै प्रश्न गर्ने एक युवा गिरफ्तारमा परेका छन्।

पञ्जावका गाडी चालक उनले भारतमा हाल जारी किसान आन्दोलनमा अजय देवगनले किसानलाई साथ दिएका छन् कि उनीहरुको कार्य विरोध गरेका छन् भनेर बुझ्न चाहेका थिए।

सार्वजनिक भिडिओमा देखिएअनुसार अजय देवगन युवाले प्रश्न गरिरहँदा चुपचाप बसेका छन्।


प्रतिक्रिया दिनुहोस्