मोलुङ हाइड्रोको ३५ लाख ३१ हजार कित्ता आईपीओ आउँदै, सनराइज क्यापिटल बिक्री प्रबन्धक

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  २ : १४


काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले साधारण शेयर निष्कासन गर्ने भएको छ ।

१२ चैत २०७४ देखि व्यापारिक उत्पादन सुरु गरेको ओखलढुंगामा प्लान्ट रहेको मोलुङले १ सय रुपैयाँ अंकित दरका ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।

सो प्रयोजनका लागि कम्पनीले सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

७ मेगावाट क्षमताको मोलुङ हाइड्रोपावर कम्पनीको ११औँ वार्षिक साधारणसभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरी १ अर्ब र जारी पुँजी वृद्धि गरी ८० करोड २५ लाख कायम गर्ने निर्णय गरेको छ ।

कम्पनीको सोही निर्णयअनुसार आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका बासिन्दाहरूका लागि ८ लाख २ हजार ५ सय कित्ता शेयर छुट्याएको छ ।

 


प्रतिक्रिया दिनुहोस्