बोलेरोको ठक्करबाट कालिमाटीमा ३ जना घाइते

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  २ : ०५


काठमाडौं । काठमाण्डौको कालिमाटीमा सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।

रवि भवनबाट आउँदै गरेको बा १८ प ८६८२ नम्बरको बोलेरोले विपरित दिशाबाट आउँदै गरेको बा ५२ प ८५४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएका हुन्।

घाइते हुनेमा मोटरसाइकलमा सवार कालिमाटीका ३३ वर्षीय सुदिम पोख्रेल,३२ वर्षीय निन्जा पोख्रेल र ५ वर्षका रियन पोख्रेल रहेको प्रहरीले जनाएको छ।

घाइते सबैलाई उपचारका लागि कालिमाटीस्थित ज्योति अस्पताल लगिएको छ ।


प्रतिक्रिया दिनुहोस्