संसदीय दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने प्रचण्ड–नेपाल समूहको निर्णय

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  २ : ०४


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले स‌ंसदीय दलको नेता परिवर्तन गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने भएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा बसेको प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकले संसदीय दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको हो ।

स्थायी कमिटीको बैठक सकिएलगत्तै सो पार्टीको केन्द्रीय कमिटी बैठक समेत पेरिसडाँडा नै शुरु भएको छ ।

स्थायी कमिटी बैठकले गरेको निर्णयानुसार केन्द्रीय कमिटी बैठकले पार्टीको संसदीय दलको नेता फेर्ने निर्णय गर्ने नेकपा–प्रचण्ड नेपाल समूहका एक नेताले जानकारी दिए ।

संसदीय दलका नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड–माधव पक्षले पार्टी अध्यक्षबाट हटाउनुका साथै यसअघि नै पार्टीको साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्