पेट्रोलियममा मूल्यवृद्धि विरुद्ध विद्यार्थीहरुद्वारा निगम अगाडि नाराबाजी

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौ‌ । पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनको अगुवाइमा उनीहरूले बुधबार बबरमहलस्थित नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।

पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ११६ कायम भएको छ । यस्तै, डिजल र मट्टीतेल प्रतिलिटर रु ९९ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साबिकको प्रति लिटर बिक्री मूल्यमा रु पाँचले वृद्धि गरी ७२ रुपैयाँ कायम गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्