दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  २ : ०१


दक्षिण सुडानमा विमान दुर्घटना हुँदा चालक दलका दुई जना सदस्यसहित १० जनाको मृत्यु भएको छ ।

दक्षिणी सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन्‌।

उनले विमानमा सवार दुई पाइलट सहित दश व्यक्तिको मृत्यु भएको जानकारी दिएका हुन्‌ । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस्